टोकियो ओलम्पिकमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले खेल्ने
Published:
by .काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा वाइल्ड कार्ड प्राप्त गर्दै नेपाली सुटिङ खेलाडी कल्पना परियारले खेल्ने भएकी छन् ।
वाइल्ड कार्ड प्राप्त गरेसँगै कल्पनाले टोकियो ओलम्पिक खेल्ने पक्का भएको हो । उनले शुक्रबार टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेकी हुन् ।
ओलम्पिकमा कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी बनेकी छन् ।
टोकियो ओलम्पिक आउँदो जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । टोकियो ओलम्पिकमा नेपालबाट कल्पनासँगै पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की सहभागी हुँदै छन् । उनीहरूले यसअघि नै खेल्ने पक्का भइसकेको थियो ।
Comments