कोरोना संक्रमितका घरघरमा उपमहानगरपालिकाका प्रमुख चौधरी
Published:
by .इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुको घरघरमा पुगेका छन् ।
इटहरी अस्पतालका स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सपोर्ट टिमका विशाल दाहालसहित नगरप्रमुख चौधरीले वडा नम्बर १३, १६ र १७ का ६ वटा घरमा पुगेर संक्रमितहरुलाई भेटेका हुन् । संक्रमितहरुको घरमै पुगेर नगरप्रमुख चौधरीले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । उनले उपमहानगरपालिका जनताको साथमा रहेको आश्वस्त पारेका थिए ।
स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुको स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए । उनीहरुले होम आइसोलेसनमा बस्दा पुर्याउनुपर्ने सावधानीको वारेमा जानकारी दिइएको थियो । स्वास्थ्यकर्मीहरुको टोलीसहित नगरप्रमुख आफूहरुको घरमै आइपुग्दा आधा विराम निको भएको प्रतिक्रिया दिएका थिए ।
Comments