लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य आज उपनिर्वाचन हुँदै
Published:
by .काठमाडौँ । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै छ । कोरोना महामारी र निषेधाज्ञाकै बीच हुन लागेको उक्त उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ ।
उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे रहेका छन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा पाण्डेलाई उठाएका हुन् ।
मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सबै तयारी पूरा गरिएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
मतदानमा सहभागी हुने मतदाताहरूले अनिवार्य रुपमा पिसिआर परीक्षण रिपोर्ट लिएर जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । साथै, कोरोना पोजेटिभ देखिएकाहरुका लागि छुट्टै मतदानस्थल समेत बनाइएको छ ।
लुम्बिनीका प्रदेश सांसद ८३ जना र सो प्रदेश अन्तरगतका स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी २१७ जना र कुल मतदाता संख्या कुल मतदाता ३०० मतदाताले रहेको छन् ।
Comments