Sajhamanch Archive

धनुषामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

Published: in प्रदेश तह, समाज by .

जनकपुरधाम । धनुषामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

सोमबार बिहान बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।जिल्लाभर लागु हुने गरी निषेधाज्ञा थपिएको छ । धनुषामा गएको वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।

बैठकले सबै स्थानीय तहलाई कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हरेक नागरिकको पीसीआर परीक्षण गराउन पत्राचार गरेको छ । अस्पतालमा तोडफोड एवं चिकित्सकमाथि हातपात हुने घटना बढेको भन्दै यसलाई रोक्न सुरक्षा निकायलाई अनुरोध गरिएको छ ।

कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले गर्ने र शववाहन खर्च पनि गृह मन्त्रालयले तिर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *