Sajhamanch Archive

झापाका एमाले अध्यक्ष पाठक अस्पताल भर्ना

Published: in समाज, स्थानीय तह by .

झापा । नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक किड्नीमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य अवस्था असामान्य भएपछि अध्यक्ष पाठकलाई बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सोमबार भर्ना गरिएको हो । एक हप्तादेखि पाठकको किड्नीमा समस्या देखिएको र चिकित्सकका अनुसार उनको किड्नीमा दुइवटा स्टोन रहेका छन् ।

एउटा चार एमएम र अर्को ९ एमएमको हुँदा पाठकको किड्नी सुनिएको छ । अस्पताल स्रोतको अनुसार आज राती अपरेशन गरेर स्टोन फ्याँकिने बताइएको छ ।

स्वास्थ्य लाभ लिन अध्यक्ष पाठक केही दिन अस्पताल बस्नु पर्ने चिकित्सकहरुले बताएका छन् । अस्पताल भर्ना भएसँगै उनको पीसीआर टेस्ट पनि गरिएको छ ।

रिपोर्ट अहिले साँझ पाँच बजे आउने अस्पताल स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *