Sajhamanch Archive

महन्थ ठाकुर पक्षकोे उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो । ‘उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ ।’, जसपाका नेता केशव झाले भने ।

दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *