Sajhamanch Archive

नासाले शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा

Published: in विश्व समाचार by .

 काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा तातो ग्रह मानिने शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ ।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ ।

पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५० ५० करोड डलर बजेट छुट्याइएको नासाले जनाएको छ ।

पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । ‘यी मिसनमार्फत् शुक्र ग्रह सिसासमेत पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने छ,’ नेल्सनले भनेका छन् ।

शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको वैज्ञानिकहरू बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *