दाह्री ग्याङले विद्यार्थीलाई दियो शैक्षिक सामग्री
Published: (Updated: )
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविमा पढ्ने विपन्न वर्गका सयजना विद्यार्थीलाई आज दाह्री ग्याङ झापाले शैक्षिक सामग्री प्रदान गरेको छ ।
दाह्री ग्याङ झापाको टिमले सो विद्यालयमा पढ्ने विपन्न विद्यार्थी छनौट गरी शैक्षिक सामग्री प्रदान गरेको ग्याङका सदस्य गोकुल पौड्यालले जनाएका हुन् ।
सामाजिक कार्यमा सक्रिय रहेको युवाको सो टिमलाई भदौ २२ बाट रिलिज हुने नेपाली कथानक चलचित्र रोजको टिमले यस्तो कार्य गर्न दाह्री ग्याङलाई २६ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको थियो ।
रोज चलचित्र देशव्यापी रुपमा शुक्रबारबाट रिलिज हुँदैछ । सो अवसरमा रोज फिल्मका प्रतिनिधि प्रकाश आचार्यको पनि सहभागिता रहेको थियो ।
Comments