Sajhamanch Archive

गन्धर्वको भोक मेट्दै विद्यार्थी संगठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्थानीय तह by .

झापा । झापाको कचनकवल गाउँपालिका–२ का गन्धर्व वस्तीमा राहत लिएर विद्यार्थी संगठन पुगेका छन् ।

चामाल, दाल,खानेतेल, साबुन, नुन, लगायतका अत्यावश्यक खाद्य सामाग्री लिएर गन्धर्व वस्तीमा कचनकवल गाउँपालिका कमिटी अनेरास्ववियु पुग्दा स्थानीय खुशी भएका छन् ।

शनिबार ४५ घर परिवारलाई ७० हजार बढीको सामाग्री बितरण गरिएको संगठनका केन्द्रिय सदस्य रोशन लामाले बताए । जिल्ला समन्वय समिती प्रमुख सोमनाथ पोर्तेल,सामाजिक युवा बिक्रम तिवारीको सहयोगमा गन्धर्व वस्तीमा प्रदेश सांसद बसन्त बानियाँको पहलमा बितरण गरिएको हो ।

अति विपन्न परिवारका सन्थाल समुदायहरुलाई चामल, लुगा धुने साबुन, सोयाबिन ,नुन खानेतेल लगायतका सामग्री विरण गरेको पुर्वाञ्चल गन्धर्व समाजमा सचिब रबिन गन्धर्वले बताए । उनले भने ठूलो राहत मिल्यो” “घरमा भएको अन्न सबै सकियोको थियो दाताहरुले ल्याइदिनुभयो ।

आफ्नो पालिकामा कोहि पनि भोकले मर्न दिनु हुदैन भन्दै स्थानीय युवा संघका नेता नवराज ढुंगाना ,उमेश मिश्र ,संदिप निरौलाले यस अघि नै विभिन्न श्रोत जुटाएर उनिहरुलाई सहयोग गर्दै आएका छन् । कोरोना महामारीका कारण देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएका गन्धर्व जाति आर्थिक सङ्कटमा परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *