Sajhamanch Archive

प्रदेश १ र कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । प्रदेश नं.१ र कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

आर्थिक कार्यविधि ऐनअनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भए पनि त्यसलाई अध्यादेशमार्फत संशोधन गर्दै प्रदेश सरकारले ढिला गरी बजेट अधिवेशन आह्वान गरेका हुन्।

गतको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीले आज दिउँसो २ बजेको लागि बजेट अधिवेशनको आह्वान गरेका छन् ।

त्यस्तै, कर्णाली प्रदेशको समेत बजेट अधिवेशन पनि आजदेखि सुरु हुँदैछ । केही दिनअघि बसेको सर्वदलीय बैठकले प्रदेशसभाको बजेट अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो ।

प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *