Sajhamanch Archive

पाकिस्तानमा रेल ठोक्किँदा २५ जनाको मृत्यु

Published: in विश्व समाचार by .

काठमाण्डौ । पाकिस्तानमा दुई वटा रेल एक आपसमा ठोक्किँदा २५ जनाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल आपसमा ठोक्किएको हो ।

दुर्घटनामा कम्तीमा पनि ४० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । रेलका डब्बामा फसेकाहरुको उद्धारका लागि उद्धार टोली खटिएको छ ।

रावलपिण्डीबाट कराचीका लागि छुटेको सर सैयद एक्सप्रेस र कराचीबाट सरगोधका लागि छुटेको मिल्लत एक्सप्रेस ठोक्किएका हुन् । दुर्घटनामा मिल्लत एक्सप्रेसको आठ र सर सैयद एक्सप्रेसको इन्जिनसमेत गरी तीन वटा डब्बा रेलको लिकबाट उछिट्टिएको छ । दुर्घटना भएको रेलको लिकमा अहिले आवतजावतमा रोक लागाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *