Sajhamanch Archive

नेपाली राजनीतिमा नयाँ प्रकारको कोभिड देखियो : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिमा देखिएको कोभिडले कसैलाई बाँकी नराखेको बताएका छन् ।

सोमबार प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले राजनीतिक कोभिडले नेकपालाई निलेको टिप्पणी गर्दै कसैलाई बाँकी नराखेको जिकिर गरे ।

उनले भने, ‘कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर, त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधै सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन । स्वास्थ्य क्षेत्रमा नभई नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो । केन्द्रबिन्दु धुम्बाराही काठमाडौं ।’

राजनीतिक कोभिडले प्रदेश–१ को प्रदेशसभा र आफूहरु पनि प्रभावित भएको उनले बताएका छन्। साथै, यी दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।

संघीयता शिशु अवस्थामा रहेको बताउँदै यसलाई हुर्काउने, बढाउने तथा रेलको गतिमा कुदाउने जिम्मेवारी आफूहरुको काँधमा रहेको पनि उनले बताएका छन् । साथै, आफूले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक नबोलाएको प्रस्ट पनि पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *