प्रदेश १ सहित अन्य केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
Published:
by .काठमाण्डौ । प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन।
निरन्तर लामो समयसम्म आज पानी पर्ने सम्भावना भने नरहेको उनले जनाइन । आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने देखिएको छैन । तर प्रि–मनसुनको समय भएकाले केही ठाउँमा केहीबेर ठूलो पानी र धेरै ठाउँमा सामान्य पानी पर्ने सम्भावना भने रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Comments