प्रदेश नं.२ मा सत्ता सहकार्यको लागि बैठक सुरु
Published:
by .जनकपुरधाम । प्रदेश नं.२ मा सत्ता सहकार्यको लागि विपक्षी र सत्तारुढ दलका नेताबीचको बैठक सुरु भएको छ ।
मुख्यमन्त्री लालबाबु राउत र नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवनमा बैठक बसेको हो ।
मुख्यमन्त्री राउत र कांग्रेस संसदीय दलका नेता यादवबीच मन्त्रालय बाँडफाँडको विषयमा छलफल भइरहेको जनाइएको छ ।
पूर्वराजपातर्फका चार मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री अल्पमतमा पर्ने डरले कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्यको लागि तीव्र रुपमा छलफल अगाडि बढाइएको छ । कांग्रेस र माओवादीले बढी मन्त्रालय मागेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताइन्छ छ ।
मन्त्रालय टुक्र्याएर दुवै दललाई सरकारमा सहभागी गराउने तयारी गरिएको छ । कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय मागेको छ । ६ मन्त्रालयलाई टुक्र्याएर १० वटा बनाउने तयारी गरिएको छ ।
आज कांग्रेस र माओवादीसँग सहमति गरी मन्त्रिमण्डल विस्तार हुने आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । ‘६ वटा मन्त्रालयलाई १० वटा बनाउने हाम्रो पूर्वयोजना नै थियो । त्यसैअनुरुप आजको बैठकबाट १० वटा बनाउने तयारी भएको हो,” उनले भने, “तर, मन्त्रालय फुटाउने विषयमा बैठकमै तय हुनेछ ।”
भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्रएर दुई–दुई वटा मन्त्रालय बनाउन लागिएको बुझिएको छ ।
Comments