Sajhamanch Archive

पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौं । नेपालमा यो वर्षको मनसुन भोलि (शुक्रबार) देखि सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो ।

“भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिन्छ । त्यसैले भोलिबाट नेपालमा मनसुन सुरु हुने छ,” मौसमविद् समीर श्रेष्ठको भनाई छ ।

अहिले नेपालमा प्रि–मनसुनको चलिरहेको छ । हाल नेपालमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ । देशका केही स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविद् श्रेष्ठ भन्छन् ।

उनले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । देशका एकदुई स्थानमा भने भारि वर्षाको संभावना छ ।

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षा पनि हुने देखिएकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *