Sajhamanch Archive

गण्डकी प्रदेश ; राष्ट्रिय जनमोर्चाले भन्यो– विश्वासको मत दिन सक्दैनौं

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको नेता पियारी थापाले वर्तमान सरकार र त्यसको नेतृत्वले नै गर्दा अहिले संविधान र संघीयता धरापमा पर्न लागेको बताएकी छन् ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले दुई तिहाई बहुमतको वाम गठबन्धन ध्वस्त हुनुमा को जिम्मेवार हो भन्ने प्रश्नसमेत गरिन् ।

आफूहरुले सुरुमा वामपन्थी गठबन्धनलाई समर्थन गरेको तर सरकारकै काम कारवाहीका कारण समर्थन फिर्ता लिन बाध्य हुनुपरेको उनले प्रस्ट पारिन् ।

उनले प्रश्न गरिन्, ‘वामपन्थी गठबन्धनलाई दिएको समर्थन हामीले फिर्ता लिनुपर्ने बाध्यता तपाईहरुले नै सिर्जना गरिदिएको होइन रु’

प्रदेश सरकारले विपन्न, पिछडिएका नागरिकको पक्षमा काम गर्न नसकेको पनि उनले बताइन् । उनले प्रश्न गरिन्, ‘विपन्न, पिछडिएका नागरिकको पक्षमा, सडकमा तरकारी बोकेर हिँड्ने वर्गको पक्षमा के काम गर्नुभयो रु’

उनले भनिन्, ‘एउटै कुकरभित्र पकाएको चामललाई पनि यो काँचो छ कि पाकेको छ भनेर छामिरहनुपर्छ र रु मैले यो सरकार र संघ सरकारलाई त्यही रुपमा हेरिरहेकी छु ।’

केपी ओलीको बाटोलाई नै प्रदेश सरकारले दोहोर्याइरहेको भन्दै उनले वर्तमान सरकारलाई आफू र आफ्नो दलले विश्वासको मत दिन नसक्ने प्रस्ट पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *