Sajhamanch Archive

प्रदेशसभा बैठकमा महन्थ र महतो पक्षका सांसद सहभागी हुने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोनिकट सांसदहरु प्रदेश नम्बर–२ को प्रदेशसभा बैठकमा सहभागी हुने भएका छन् ।

ठाकुर र महतोनिकट प्रदेशसभा सदस्यहरुको बिहीबारको बैठकले नीति तथा कार्यक्रम र बजेट भाषणमा सहभागी हुने निर्णय गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले ठाकुरनिकट चार मन्त्रीलाई बर्खास्त गरेपछि उनीहरुले बैठक बहिष्कार गर्दै आएका थिए । तत्कालीन राजपाका तर्फबाट निर्वाचित २५ मध्ये १० प्रदेशसभा सदस्य बैठकमा अनुपस्थित भएका थिए ।

आज प्रदेशसभामा प्रदेश प्रमुख डा। राजेश अहिराज झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *