Sajhamanch Archive

बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । बालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो। नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला आफूसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको नागरिक अगुवा नारायण वाग्लेले सेतोपाटीलाई जानकारी दिए।

यसैबीच कमलपोखरीका डिएसपी खुमलाल भुसालले निषेधाज्ञाको समयमा प्रदर्शनमा उत्रिएपछि आफूहरूले नियन्त्रणमा लिएको बताए।

‘निषेधाज्ञाबीच उहाँहरू प्रदर्शनमा उत्रिनुभयो, त्यसैले हामीले नियन्त्रणमा लिएर कमलपोखरीमा राखेका छौं’, भुसालले भने।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *