Sajhamanch Archive

आजबाट युरोकप सुरु हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता आजबाट (शुक्रबार) सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको हो । प्रतियोगिताको उद्घाटन खेल इटालिमा हुनेछ ।

इटालीको रोममा हुने पहिलो खेलमा घरेलु टोली इटाली र टर्कीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक स्टेडियम हुने उद्घाटनखेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छन् । प्रतियोगिताको उपाधि दावेदार रहेको इटाली यो पटक उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यो पटकको युरोकप युरोपका ११ सहरमा आयोजना हुनेछ । जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लन्डनको वेम्बली स्टेडियममा हुनेछ ।

वेम्बली स्टेडियममा भने दर्शकहरुलाई छिर्न स्विकृत दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *