Sajhamanch Archive

आफैं खरिद गरेर खोप ल्याउन प्रदेश सरकार समक्ष सांसदको माग

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य, by .

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासँग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।

सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको बास उठाइने छैन भने पनि २०३६ सालदेखि बसेका मानिसलाई झापाको दमक नगरपालिकाले उठाएको भन्दै उनीहरुको व्यवस्थापन गर्न माग गरिन् । “के त्यो नियमसंगत भयो त रु कानुन हामीले बनाउने होइन ? के जनताले हामीलाई सरकामा पठाएको होइन ? अनि जनताको घर र बसोबास उठाउने कानुन हामीले बनाउने हो ?,” राईले भनिन्, “२०४३ सालमा दमक जाँदा त्यहाँ बस्ती थियो र अहिले उनीहरुको त्यो बस्ती उठेको छ । सरकारको धारणा आउनु पर्छ । दमक नगरपालिकाले नमूना बस्ती बनाएको रहेछ । दुईओटा एउटा खोलाको बाँध बाहिर र बाँध भित्र बनाएको छ । त्यो बस्तीमा शव आउँछ । शव जलाउने ठाउँमा कसरी बस्न सक्छन् रु बाँच्ने आधार के हो ?”

सांसद विद्यानन्द चौधरीले घिनाघाट–विराटचौक सडक अनि रंगेली–विराटनगर हुलाकी मार्ग निर्माणाधीन रहेकाले मोरङको कटहरीबाट झोराहाट जोड्ने सडक पीच गर्न सके दुबै चारलेन सडक जोड्न सहज हुने बताए ।

सांसद मोहनकुमार खड्का राणाले सत्ता टिकाउन चारकोसे झाडी सकेको र पंचायतले पनि चारकोसे जंगलमै प्रहार गरेको र अहिलेका संघीय सरकारले नेपालको माटो पनि बेच्ने नीति तथा कार्यक्रम ल्याएको भन्दै त्यो नटिक्ने बताए । “राणा र पंचायतका कारण कतै कतैमात्र चारकोसे देखिन्छ । पानीको मुहान सकिने भएकाले प्रदेश सरकारको धारणा के हो सरकारले भन्नुपर्छ,” उनले भने, “माटो बचाउ अभियान चलाउनु पर्छ । प्रदेश सरकार एकपछि अर्को सांसदलाई बुख्याँचा बनाइरहेको छ । प्रदेशबासीले आम नागरिक र स्वास्थ्यकर्मीलाई खोप माग गरेको थियो । आम नगारिकको लागि खोपको व्यवस्था भएन ।”

सांसद मोहम्मद ताहिर मियाँले सुनसरीको हरिनगरा जोड्ने पुल निर्माणमा भएको ढिलासुस्तीले बाढीको बेला सुरु हुने बर्खा लाग्न लागेकाले जनता त्रासमा रहेको बताए । सांसद रामचन्द्र लिम्बूले खेती किसानी गर्ने बेलामा जनताले मल नपाउने समस्याले सधैँ कठिन हुने गरेको बताए । भने, “अनुदानको भरमा मात्र कोरोनाविरुद्धको खोप लगाउनु पर्ने अवस्था छ । अब प्रदेश सरकारले पहल लिनुपर्छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *