गण्डकी प्रदेशः कांग्रेसका पोखरेल बने मुख्यमन्त्री, मन्त्रीहरु छानिँदै
Published:
by .पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्रीमा नियुक्त नेपालीले अब ३० दिनभित्रमा सांसदहरुबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच नवनियुक्त मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका हुन् ।
स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का जस्तै भएको छ ।
मन्त्रीको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमै छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने बताइएको छ ।
Comments