गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको गोपनीयताको शपथ ग्रहण
Published:
by .काठमाण्डौ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले हिजो साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
प्रदेश प्रमुख पौडेलले हिजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गरे ।
समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेश सभा सदस्यलगायतको उपस्थिति थियो ।
Comments