Sajhamanch Archive

सेनासँगका सम्बन्धित जानकारीहरु भारतीय मन्त्रालयले सार्वजनिक गर्ने

Published: (Updated: ) in विविधा, विश्व समाचार, समाज by .

काठमाडौं ।देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु भारतको रक्षा मन्त्रालयले सार्वजनिक गर्ने घोषणा गरेको छ ।

भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको हो ।

रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएको भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत् जानकारी दिएको छ ।

यी जानकारीहरु प्रकाशनको मन्जुरी र जिम्मेवारी इतिहास विभागलाई दिइएको छ । युद्धसम्बन्धी इतिहास समय(समयमा प्रकाशित भएमा मानिसहरुले घटनाको सही जानकारी पाउने, शैक्षिक सोधका लागि प्रामाणिक सामग्री उपलब्ध हुने र गलत अफवाहबाट जोगिन मद्दत पुग्ने रक्षा मन्त्रालयको विश्वास छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *