Sajhamanch Archive

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो असार ३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकले पदाधिकारी बैठकले गरेका निर्णय स्वीकृत गर्नेलगायत निर्णय गर्ने बुझिएको छ ।

शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *