Sajhamanch Archive

भेनेजुएलाका १२ जना खेलाडी र स्टाफमा कोरोना, कोपा अमेरिकाको उद्घाटन खेल अन्योलमा

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । भेनेजुएलाका खेलाडी र स्टाफ गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ । कोपा अमेरिका खेल्न ब्राजिल पुगेका खेलाडीहरुको परीक्षण गर्न १२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रतियोगिताको उद्घाटन खेलअघि गरिएको परीक्षणमा खेलाडी र स्टाफमा कोरोना देखिएको हो । कोरोना देखिएपछि उनीहरु होटेलमा आइसोलेसनमा बसेको वीनस्टोर्टसले जनाएको छ ।

भेनेजुएलाका टिम सदस्य शुक्रबार ब्राजिल आइपुगेका थिए । कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला खेल्ने तालिका रहेको छ । खेलाडी र स्टाफमा कोरोना देखिँदा खेल अन्योल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *