Sajhamanch Archive

आज नेपाली टोली स्वदेश फर्कँदै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश फर्कने भएको छ । छनोट खेल खेलेर सकाएको टिम स्वदेश फर्कन लागेको हो ।

कुवेतमा नेपालले विश्वकप छनोट अन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार स्वदेश आइपुग्ने भएको छ । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने जनाइएको छ ।

छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

नेपाल छनोटको अन्तिम खेलमा अष्ट्रेलियासित पनि ३–० ले पराजित भएको थियो । छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलबाट ६ अंक मात्र जोड्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *