लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
Published:
by .काठमाडौं । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।
योसँगै मुख्यमन्त्री शंकर पोखरेललाई केही सहज भएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ ।
लुम्बिनीमा विपक्षीले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको दाबी गर्दै आएका छन् ।
Comments