Sajhamanch Archive

नेप्से परिसूचक तीन हजार नजिक, साढे १९ अर्ब माथिको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक नजिक पुगेको छ । सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *