Sajhamanch Archive

उद्योग संगठन मोरङको आगामी मौद्रिक नीतिमा ११ बुँदे सुझाव

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । उद्योग संगठन मोरङले आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ११ बुँदे सुझाव दिएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोभिड १९ को पहिलो भेरियन्टबाट प्रभावित भएको उद्योग/व्यवसाय क्षेत्रलाई दोस्रो भेरियन्टले थप प्रभावित वनाएकाले यस क्षेत्रको समग्र हित र पुनःउत्थानलाई मध्यनजर गरी मौद्रिक नीति ल्याउन आग्रह गरे ।

उद्योग/व्यवसाय क्षेत्र देशको अर्थतन्त्र र व्यापार घाटालाई सन्तुलनमा ल्याउन महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले कोभिड १९ का कारण थला परेका यस क्षेत्रको पुनर्ताजकिरणका लागि कर्जाको सीमा नवीकरण, पुनकर्जा, टर्म लोन पेमेन्टलाई पूँजिकरण लगायतका विषयमा सुझाव दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *