Sajhamanch Archive

मोरङमा खुकुलो प्रावधानसहित एक साता निषेधाज्ञा थपियो

Published: in मिडियाबाट साभार, समाज, by .

विराटनगर । मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनाअनुसार थप सात दिनको लागि निषेधाज्ञा बढाइएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष निकाली निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

केही खुकुलो प्रावधानसहित थप भएको निषेधाज्ञा सम्बन्धी सूचनामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक विक्रीवितरण गर्ने पुस्तक पसल लगायतका व्यवसायहरू बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ । बिहानदेखि वर्कसपहरू प्नि खोल्न दिइनेछ ।

सरकारी कर्मचारीहरूले कार्यालय आउन र कार्यालय समयपश्चात् घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी जान सक्ने छन् । दुध तथा दुधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने पाइने सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *