Sajhamanch Archive

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका ७ सदस्य निलम्बन

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमका संसदीय दलले प्रदेशसभाका ७ सदस्यलाई निलम्बन गरेको छ ।

सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई १५, १० र ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको सांसद बलबहादुर सोडारीले जानकारी दिए ।

ओली पक्षका सांसदहरुले मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका ७ थिए ।

एमाले संसदीय दलको ह्विप उल्लंघन गर्दै विपक्षमा मत हालेका थिए ।

ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।

दलले उनीहरुलाई आज कारबाही गरेको हो । सुदूरपश्चिममा खनाल–नेपाल समूहको बहुमत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *