Sajhamanch Archive

पोर्चुगललाई हंगेरीको चुनौती

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा आज ९मंगलबार० दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा पोर्चुलगले हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ ।

युरोकपमा आज समूह ‘एफ’अन्तर्गतको खेलमा पोर्चुगलले आफ्नो पहिलो खेल खेल्न लागेको हो । हंगेरीको घरेलु मैदानमा पोर्चुगल जित निकाल्दै संस्करणमा सुखद सुरुवात गर्ने योजनामा छ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

साबिक विजेता पोर्चुगललाई आजको खेलमा जित्नैपर्ने दबाब छ । तर, पछिल्लो समय फममा रहेको हंगेरीलाई आजको खेलमा हराउन पोर्चुगललाई सहज भने हुने छैन ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगललाई सहज जितको अपेक्षा हुनेछ । किनेभने, यस समूहमा तीनपटकको विजेता टोली जर्मनी र दुईपटकको विजेता टोली फ्रान्स रहेका छन् । हंगेरी पनि आजको खेलमा जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्ने योजनामा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *