Sajhamanch Archive

बझाङमा होटेल र पार्टी प्यालेस मात्रै बन्द, सार्वजनिक यातायत सञ्चालनमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । बझाङमा होटेल, पार्टी प्यालेस र भिडभाड हुने क्षेत्रबाहेक सबै सेवा सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३५० मात्रै भएपछि प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर सबै सेवा सुरु गर्न भनेको हो ।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार निषेधाज्ञा भने यही असार ७ गतेसम्म कायम छ । तर, प्रशासनले नागरिकता वितरण र अन्य सार्वजनिक सेवा पनि सञ्चालन गर्न अनुमति दिएको छ ।

प्रजिअ अधिकारीले भने, “हामीले होटेल, पार्टी प्यालेस र भिडभाड हुने क्षेत्रबाहेक अन्य सबै क्षेत्र खुला गरेका छौँ । स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायत पनि सञ्चालनमा ल्याएका छौँ । कार्यालयमा सेवाग्राही आउने भएपछि सवारी–साधन रोकेर भएन । संक्रमण पनि नियन्त्रणमै छ ।”

जिल्लाभित्र निषेधाज्ञा खुकुलो बनाइए पनि अन्य जिल्लाबाट आउनेका हकमा पनि कडाइ गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *