Sajhamanch Archive

निर्वाचन आयोगको निर्णय मान्य हुँदैन ; उपेन्द्र यादव

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका छन् । निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै शंका उत्पन्न भएको उनको भनाइ छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने चेतावनी पनि दिएका छन् ।

आयोगले मागे बमोजिम सम्पूर्ण कागजात एवम् प्रमाणहरुसमेत बुझाई पार्टीको दल दर्ता किताबमा अध्यावधिक गर्नका लागि पठाएकोमा त्यसलाई अस्वीकार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *