Sajhamanch Archive

गाजा क्षेत्रमाथि इजरायलको पुन: आक्रमण

Published: in विश्व समाचार by .

काठमाण्डौ । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा पुन : आक्रमण गरेको छ । गाजा सहरमा बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा कसैको ज्यान भने नगएको खबरमा उल्लेख छ ।

विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गएको मे २१ मा युद्धविराम भएको थियो ।

इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ । हिजो हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो । इजरायलले देशमा आगो प्रतिरोधी संयन्त्रलाई मजबुत बनाएको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *