Sajhamanch Archive

मनाङमा बाढी : बैंकका एक कर्मचारी सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, समाज, by .

पोखरा । मनाङको नासो गाउँपालिकामा रहेको प्राइम कमर्सियल बैंकका एक कर्मचारी सम्पर्कविहीन भएका छन् ।

मर्स्याङ्दी नदीमा आएको बाढीले आज नासो गाउँपालिकाको भवनसहित प्रभु बैंक र प्राइम कमर्सियल बैंकको भवन बगाएको थियो । त्यसमध्ये प्राइम बैंकका एक कर्मचारी सम्पर्कविहीन भएको जानकारी आएको मनाङ प्रहरी प्रमुख डीएसपी सुवास खड्काले बताए ।

“सम्पर्कविहीन भन्ने सुनेका छौँ, त्यहाँ रहेको हाम्रो सीमा प्रहरीचौकी धारापानीमा रहेका साथीलाई बुझ्न भनेका छौँ,” उनले भने ।

नासो गाउँपालिका वडा नम्बर–३, धारापानीस्थित भवनहरु बाढीले बगाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *