नेप्से परिसूचक ३ हजार तल झर्यो
Published:
by .काठमाडौं । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ ।
आइतबार २ हजार ९ सय ८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो । मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो ।
बुधबार भने ३ हजार भन्दा तल झरेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भनेपछिको असर सेयर बजारमा देखिएको छ । बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ । कारोबार रकम भने १५ अर्ब ४८ करोड रुपैयाँ माथि पुगेको थियो ।
Comments