Sajhamanch Archive

एमालेद्वारा उद्धार र राहत अघि बढाउन सरकारसँग माग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले बाढी–पहिरोका पीडितहरुको तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

“नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “भर्खरै सरकारले विपद् प्रतिकार्य योजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय गरेको छ । पारित कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन हुनु आवश्यक छ ।”

उनले विज्ञप्तिमार्फत ‘ज्यान जोखिममा राखी उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीहरुको उच्च प्रशंसा गर्दछौँ’ भनेका छन् । प्रवक्ता ज्ञवालीले विपद्को घडीमा स्वयंसेवी भावनासहित उद्धार र राहतमा खटिन आह्वान गरेका छन् ।

“मनसुनको सुरुवातमै आएको यसस्तरको प्राकृतिक विपत्तिले हामी सबैलाई निकै चिन्तित तुल्याएको छ,” उनले भनेका छन्, “नेकपा (एमाले) प्राकृतिक विपत्तिको यस घडीमा स्वयंसेवी भावनाका साथ उद्धार र राहतकार्यमा सम्पूर्ण रुपमा परिचालित हुन सबै जनप्रतिनिधिहरु, पार्टी कमिटी र युवापंक्तिलाई आह्वान गर्दछ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *