Sajhamanch Archive

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

Published: in खेलकुद, by .

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली नेपाल एसियन कप–२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । चीनमा आयोजना हुने प्रतियोगितको छनोट अन्तर्गत नेपाल तेस्रो चरणमा प्रवेश गरेको हो ।

एसियन फुटबल फेडेरेसन (एएफसी) ले बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले छनोटको ढाँचा भने परिमार्जन गरेको हो ।

नयाँ ढाँचा अनुसार नेपालले अब प्ले अफ खेल्न नपर्ने भएको छ । नेपाली टोली विश्वकफ तथा एसियाक छनोटको दोस्रो चरणमा चौथो स्थानमा रहँदै छनोटको अन्त्य गरेका थियो ।

नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेइसँगको दुई खेलमा जित निकालेको थियो ।

त्यसबाहेकका खेलमा नेपाल पराजित भएको थियो । यस अघि छनोटको चौँथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नुपर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *