Sajhamanch Archive

सप्तकोसीमा पानीको बहाव बढ्यो

Published: in मिडियाबाट साभार, समाज, by .

विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । उच्च पहाडी भेगमा निरन्तर भएको वर्षासँगै सहायक नदीमा समेत पानीको बहाव बढ्ने पुगेको हो ।

बिहीबार कोसी ब्यारेजका १९ वटा ढोका खोलिएको छ । बुधबार बिहान १२ र साँझमा २० ढोका खोलिएको थियो ।

कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहीबार बिहान सप्तकोसीमा पानीको बहाव एक लाख १४ हजार ७४५ क्युसेक मापन गरिएको छ । पहाडी क्षेत्रमा पानी परिरहे सप्तकोसीमा पानीको बहाव अझ बढ्न सक्ने बताइएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले सप्तकोसी आसपास क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *