Sajhamanch Archive

मेलम्ची बाढीमा हराइरहेका अर्का एक जनाको शव सिन्धुलीमा भेटियो

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीमा परेर हराइरहेका अर्का एक जनाको शव भेटिएको छ । बिहान सिन्धुलीमा शव भेटिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । शव चिनियाँ नागरिकको भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि हिजो पनि एक चिनियाँ नागरिकको शव भेटिएको थियो ।

बाढीमा तीन जना चिनियाँ नागरिक हराइरहेका थिए । अर्का एक जनाको अवस्था थाहा हुन सकेको छैन । बाढीमा हराइरहेका २० जनामध्ये दुई जनाको शव भेटिएको छ । चार जना धुलिखेलबाट सम्पर्कमा आएको भनिए पनि यसबारे औपचारिक पुष्टि भइरहेको छैन । बाढीमा हराएकाहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *