Sajhamanch Archive

सिन्धुपाल्चोकको बाढीमा चीन र भारतका ६ सहित १९ जना सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढीमा परी १९ जना सम्पर्कविहीन भएका छन् । जसमा तीनजना चिनियाँ नागरिक र तीनजना भारतीय नागरिक पनि छन् । अरु १४ जना नेपाली नागरिक रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हालसम्म एक चिनियाँसहित दुईजनाको शव फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन हुनेहरुमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा छन् ।

यस्तै, त्रिपुरासुन्दरी–१ कै १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशमलाल सार्की, हेमराज घिमिरे, भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी, जिनडाओ वासुमन्तरी र चिनियाँ नागरिक सुन यु चुवान, युचि झु र गोङ टियान छियो छन् । सहायक प्रजिअ खनालका अनुसार गोङ टियान छियो भने मृत फेला परेका छन् । सम्र्पकविहीन भएकाहरुको खोजीकार्य जारी रहेको उनले बताए ।

बाढीले पाँचवटा झोलुङे पुल, चारवटा पक्की पुल र सातवटा ट्राउट माछा फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *