Sajhamanch Archive

गण्डकी प्रदेश सरकारको प्रदेशस्तरीय विपद् कोषमा पाँच करोड राख्ने निर्णय

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज, by .

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

मनाङका विभिन्न स्थानमा बाढी–पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली बिहीबारै मनाङ जाने भएको छ । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित त्यसतर्फ मनाङ जान लागेका हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्धार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन निर्देशन दिएका छन् । बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउन निर्देशन दिए ।

मुख्यमन्त्री बहाली भएकै दिन गरिएको निर्णयानुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन पनि उनले निर्देशन दिएको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशका नौ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि दुई-दुई लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *