अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश
Published:
by .काठमाण्डौ । युरो कप फुटबलको अन्तिम १६ मा नेदरल्याण्ड्स प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।
नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह सी को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ। यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको समान ३/३ अङ्क छ ।
अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको छ ।
Comments