Sajhamanch Archive

पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाए जरिवाना हुने

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार, by .

काठमाडौं । पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले गएको सोमबार कोकाकोलाको बोतल हटाएर पानी पिउन आग्रह गरे । उनले ‘वाटर नट अ कोकाकोला’ भन्दै पत्रकार सम्मेलनमा राखिएको बोतल हटाएका थिए ।

रोनाल्डोको उक्त क्रियाकलाप निकै चर्चामा रह्यो । त्यसको चर्चा सेलाउन नपाउँदै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल त्यसैगरी हटाएका थिए ।

उनकै सिको गर्दै इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए । पछिल्लोपटक ‘हाइजनिक’ पेयपदार्थलाई खेलाडीहरुले ‘अभोइड’ गर्ने प्रचलन छ ।

तर, अब भने पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाए जरिवाना हुने भएको छ । यूईएफएले युरोकप फुटबलअन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल हटाउनेलाई जरिवाना गरिने जनाएको छ ।

बोतल नहटाउन यूईएफएले टिम र खेलाडीलाई आग्रहसमेत गरेको छ । यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *