Sajhamanch Archive

महाधिवेशन नगराएको कलंक र अपराध बोक्न तयार छैन : देउवा

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन हुँदैन कि भनेर शंका नगर्न र आरोप– प्रत्यारोप बन्द गर्न आग्रह गरेका छन् ।

बिहीबारको केन्द्रीय समिति बैठकको सुरुवातमै भूमिका बाँधेर देउवाले यस्तो भनाइ राखेका थिए ।

उनले महाधिवेशन नगर्ने सबै विकल्प सकिएको बताउँदै महाधिवेशन सम्पन्न गर्ने एकमात्रै विकल्प बाँकी भएको बताएका थिए ।

केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार देउवाले महाधिवेशन सार्न सक्ने सबै विकल्प सारिसकिएको बताउँदै अब जसरी पनि महाधिवेशन गर्ने बताएका थिए ।

“अब महाधिवेशन सार्नसक्ने सबै विकल्प सकिए, महाधिवेशन एकमात्र विकल्प बाँकी छ भनेर उहाँले भन्नुभयो,” देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने,“संविधान संशोधन गरियो भनेमात्रै महाधिवेशन सार्न सकिन्छ त्यो सम्भावना अहिले छँदै छैन, त्यो पनि नियन्त्रणबाहिरको कुरा हो ।”

सभापति देउवाले आफू महाधिवेशन नगराएको कलंक र अपराध बोक्न तयार नरहेको बताएका थिए ।

“महाधिवेशन नगराएको कलंक र अपराधको भारी बोक्न म तयार छैन,” देउवाले भनेका थिए, “महाधिवेशन गराउँदैन कि भनेर आशंका नगर्नुस् । महाधिवेशन हुन्छ हुन्छ हुन्छ, आरोप प्रत्यारोप पनि बन्द गर्नुस् ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *