Sajhamanch Archive

लेखापरीक्षण नबुझाउने ४१ दलले ५० हजार जरिवाना बुझाउनुपर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने ४१ राजनीतिक दलले जनही ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले प्रतिवेदन नबुझाउने ४६ दललाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । तर, समयमा जवाफ पेस नगरेको भन्दै एक महिनाभित्र जरिवाना बुझाउन आयोगले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।

उक्त समयमा जरिवाना नबुझाए र काम–कारबाही नसच्याए आगामी निर्वाचनमा भाग लिन नपाउने र दल खारेज हुन सक्ने आयोगले जनाएको छ । पाँच दलले भने प्रतिवेदन बुझाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *