Sajhamanch Archive

सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न, देउवालाई सुझाव

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न निकट नेताहरुले सुझाव दिएका छन् ।

देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।

छलफलमा सहभागी नेता भिमसेनदास प्रधानले सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने नभए गाह्रो अवस्था रहेको सुझाव दिएका थिए ।

उनले निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने सुझाव दिएको एक नेताले जानकारी दिए ।

“सिटौलालाई कार्यवाहक सभापति दिऊँ, नभए तपाईं जित्नुहुन्न,” प्रधानको सुझाव थियो, “यसरी जाँदा दोस्रो राउन्डमा जित्ने सम्भावना बढी हुन्छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *