Sajhamanch Archive

प्रदेशका मन्त्रीसँग विपद् व्यवस्थापनबारे गृहमन्त्रीले गरे छलफल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् ।

मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।

उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड १९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ ।

प्रदेशका एक मन्त्रीले बताएअनुसार छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ । साथै, संघीय प्रहरी ऐन चाँडो ल्याउन पनि भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *