Sajhamanch Archive

प्रदेश गौरव भिलेजमा वडाध्यक्षले दिए चामल

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । विश्वव्यापी कोरोना महामारीका कारण देश बन्दाबन्दीको अवस्थामा रहँदा काम गर्न नपाएका स्थानीय बासिन्दालाई बिर्तामोड नगरपालिका वडा नं. ८ का अध्यक्ष अजय कार्की राहत वितरणमा जुटेका छन् । उनी आफैं संलग्न भएर राहत बितरण गरिएको हो ।

आफ्नो व्यक्तिगत रकमबाट वडाका करिब २०० परिवारलाई बिहान बेलुकाको गर्जो टार्न चामल वितरण गरेको वडाध्यक्ष कार्कीले बताएका छन् । ‘नगरपालिका र वडाको पैसाबाट विकास निर्माणका काम गर्नुपर्छ’ कार्कीले भने, ‘राहतका लागि आपूmलगायत साथीभाइ र संघ–संस्थाको सहयोगमा खाद्य सामग्री वितरण गरिएको हो ।’

आज वडाध्यक्षसँगै सदस्यहरु, स्थानीयबासी र संघ–संस्थाका प्रतिनिधि लगायतको टोलीले प्रदेश गौरव भिलेजका ३५ परिवार र आसपास क्षेत्रमा बसोबास गर्ने करिव १५० परिवारलाई राहत बाँडिएको सन्तोष पाण्डेले बताए । ‘यो समय पैसा हुनेले नहुनेलाई सहयोग गर्ने बेला हो’ पाण्डेले भने, ‘हामीले स्वतस्फूर्त रुपमा यी सामग्रीहरु किनेर वितरण गनेका छौँ ।’

दैनिक ज्याला मजदूरी गरेर खाने परिवारका सदस्य यतिबेला कोरोना भाइरसका कारण घरमै बस्न बाध्य छन् । उनीहरुलाई राहतको खाँचो बुझेर सहयोगका लागि जुटेको वडाध्यक्ष कार्कीले बताए । राहत पाएपछि स्थानीयसमेत खुसी भएका छन् । यसरी दुख परेका बेला सहयोग गर्ने जनप्रतिनिधि घरघरमै खानेकुरा बोकेर आउँदा उत्साहित भएको स्थानीय राजेश चौधरीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *